नेकपा एमाले मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी प्रवेश

तु खबर संवाददाता
२०७७ चैत्र १०,मंगलवार १७:४४

मकवानपुर । नेकपा एमाले (ओली पक्ष) मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी प्रवेश गरेका छन् । मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना स्वास्थ्यकर्मी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेमा प्रवेश गरेका स्वास्थ्यकर्मीलाई मंगलबार हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीमा स्वागत गरेका हुन् ।

स्वास्थ्यकर्मीलाई पार्टी प्रवेश गराउँदै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकता दिएको बताए । नेपालको सबै स्थानीय तहमा अस्पताल बनाउनेदेखि स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन ल्याएको बताए ।

प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामासहित उक्त संगठनका अधिकांश प्रतिनिधि, विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*