स्थानीय तह शहिद स्मृति तेस्रो संस्करणको उपाधि आर्मीलाई

तु खबर संवाददाता
२०७७ चैत्र ७,शनिबार १९:०८

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हालत पारेको छ ।

शनिबार भएको फाइनल खेलमा साविक विजेता आयोजक जिल्ला फुटबल संघ मकवानपुरको ‘रिगल हेटौँडाा रिसोर्ट, मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीका लागि प्रतियोतिाककै एक मात्र गोल जर्सी नम्बर २७ का टिम क्याप्टेन टेकबहादुर बुढाथोकीले गरे ।

खेलको पहिलो हाफमा आर्मीको गोल खाएको मकवानपुर–११ ले खेलमा फर्कन पाएको मौकालाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताको उप–विजेतामा सिमित रहन पुग्यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच आर्मीका क्याप्टेन टेकबहादुर घोषित भए । उनले उत्कृष्ट खेल प्रदर्शन गरे बापत नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेता आर्मी क्लबले नगद १० लाख १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उप–विजेत बनेको मकवानपुर–११ ले नगद ५ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगिताकको उत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) आयोजक मकवानपुर–११ का जर्सी नम्बर ७ का अमिर श्रेष्ठ घोषित भए । नेपालकै सर्वाधिक पुरस्कार राशिको उक्त विधाका लागि आयोजकले भोटिङमार्फत् नतिजा निकालेको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडि बनेका अमिरले रोयल इन्फिड (बुलेट बाइक) प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिाको वेस्ट गोल किपर, वेस्ट डिफेन्डर र वेस्ट मिडफिल्डर र वेस्ट कोचको उपाधि क्रमशः आर्मीका विबश चौधरी, दिपक गुरुङ, शेशेहाङ आङदेम्बे, नविन न्यौपानेले हात पारेका छन् ।

प्रतियोगिताको वेस्ट फर्वाड भने मकवानपुर–११ का रञ्जन विष्ट घोषित भए ।

विधागत उपाधि हात पारेका खेलाडी र कोचले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*