माउन्ट नुप्त्सेको आरोहणका लागि ४ जनाले लिए स्वीकृति

तु खबर संवाददाता
२०७७ फाल्गुन २६,बुधबार १५:१४

काठमाडौं । बसन्त ऋतुका लागि पहिलो पटक माउन्ट नुप्त्से (७,८६४ मि) को आरोहणका लागि ४ जना आरोहीहरूले पर्यटन विभागबाट स्वीकृति लिएका छन् । विभागका अनुसार गत मंगलबार मात्र ४ जनाको टोलीमा आएको एक समूहले माउन्ट नुप्त्सेको आरोहणको स्वीकृति लिएका हुन् ।

विभागका अनुसार यो नै यो सिजनका लागि आएको पहिलो हिमाल आरोहणको मागमा स्वीकृति हो । जसबाट २ हजार ४ सय अमेरिकी डलर अर्थात् २ लाख ७९ हजार २ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ ।

हिउँदे सिजन (डिसेम्बर–फेब्रुअरी) का लागि विभिन्न ६–७ वटा हिमाल आरोहणका लागि कुल ४५ जनाले विभागबाट स्वीकृति लिएकोमा माउन्ट नुप्त्सेका लागि भने एक जनाको पनि आरोहणको माग परेको थिएन ।

सो समयमा माउन्ट लुजा पिक (५,७२६ मि), माउन्ट कुन्जिय री २ (६,५०६ मि), माउन्ट आमलंद, सुर्मा सरोभर, माउन्ट रोकपी, मनास्लु, थापा पिकं, चोमोलुङ लगायतका हिमाल आरोहणका लागि विभागबाट स्वीकृती भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*