हेटौँडामा ४३ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७७ फाल्गुन २४,सोमबार १७:४८

मकवानपुर । हेटौँडामा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा आज रक्तदान कार्यक्रम भएको छ ।

१११ औं अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा ४३ जनाले रक्तदान गरेको जनाइएको छ । जसमा १७ जना महिला र २६ जना पुरुष रहेका छन् ।

मेची महाकाली बुहारी संयुक्त आवाजले महिला दिवसको आवसरमा माक्स वितरण, सडक नाटकलगायत विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा हेटौंडाको बुद्धचोकमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*