हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक

तु खबर संवाददाता
२०७७ फाल्गुन २४,सोमबार १७:३६

मकवानपुर । मकवानपुरको हेटौँडामा आगामी फागुन २७ गतेदेखि संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।

हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने उक्त प्रतियोगितामा चैत्र ७ गतेसम्म संचालन हुनेछ ।

उक्त प्रतियोगितामा लिग च्याम्पियन माच्छिन्द्रसहित एडिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता रहनेछ । साथै ए–डिभिजनका अन्य क्लब समेत थपिन सक्ने आयोजकले जनाएको छ ।

गोल्डकपको उद्घाटन खेल फागुन २७ गते मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमरा बिच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

त्यस्तै, विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार रुपैयाँ, सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार रुपैयाँ र प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको आयोजकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*