सर्वोच्चको फैसलापछि नेकपा मकवानपुरको कार्यालयमा एमालेको बोर्ड

तु खबर संवाददाता
२०७७ फाल्गुन २४,सोमबार १६:५९

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा नेकपाको होडिङ बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

ओली पक्षका नेता तथा कार्यकर्ताले आज नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै निर्वाचन आयोगमा दर्ता रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई खारेज गर्ने निर्णय गरेको थियो ।

यससँगै मकवानपुरमा नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्चले पूर्ववत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै स्वामित्वमा रहने गरी फैसला गरेपछि ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय मकवानपुरमा भेला भई नियमित कार्यहरु सुरु गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*