सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्नुस् : सभापति देउवा

तु खबर संवाददाता
२०७७ फाल्गुन २२,शनिबार ०८:१५
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा जान खुट्टा उचाल्नुभन्दा प्रतिनिधिसभामा प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन सांसदलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको शुक्रबार बानेश्वरमा बसेको बैठकमा सभापति देउवाले सरकारको मात्र कुरा गरेर पार्टी र आफूलाई हल्का बनाउने काम नगर्न पनि आग्रह गरे।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र भए पनि अहिले पनि नेकपा एउटै दल रहेको देउवाले बताए। राजनीतिक रूपमा नेकपा दुई समूहमा देखिए पनि कानुनी रूपमा अझै एउटै रहेको पटकपटक दोहो¥याउँदै देउवाले भने, ‘नेकपाको विवाद कसरी अघि बढ्छ, त्यसलाई पनि नियाल्दै अघि बढ्नुपर्छ। तर अहिले सत्ताका लागि होइन, प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन ध्यान दिनुहोस्।’

नेकपाका दोस्रो तहका नेताहरू अहिले पनि पार्टी मिलाउन सक्रिय रहेको उदाहरण दिँदै देउवाले सत्तारूढ दल फुट्छ वा मिल्छ अझै स्पष्ट नभएको बताए। नयाँ सरकारको नेतृत्व लिन दुवै पक्षले प्रस्ताव गरे पनि त्यसबारे स्पष्ट प्रस्ताव र खाका केही नआएको उनको भनाइ थियो। सोमबारसम्म फरक अवस्था आउने र त्यस बेला नै कांग्रेस निर्णयमा पुग्ने बताउँदै देउवाले ‘पर्ख र हेर’ को स्थितिमा रहन सांसदहरूलाई आग्रह गरेका छन्।

बैठकमा संसदीय दलको नेतासमेत रहेका सभापति देउवाले संवैधानिक आयोगको पदाधिकारी नियुक्तिमा आफ्नो सहमति नरहेको धारणा राखे। प्रधानमन्त्री केपी ओलीलाई आफूले त्यसबेला पनि भनेको र अहिले पनि उक्त नियुक्ति बेठीक भयो भन्ने पक्षमा रहेको देउवाले सुनाए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*