गोठालोका कारण मुलुकमा समृद्धि आउँछ–मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ फाल्गुन २१,शुक्रबार १८:३५
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गोठालोका कारण नै मुलुकमा समृद्धि आउने भएका छन् । शुक्रबार हेटौंडामा नेपाल राष्ट्रिय व्यवसायिक बाख्रापालन महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफूले पनि गोठालोका रुपमा गरेको अभिव्यक्ति दिँदै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पौडलेले आफूले बच्चैदेखि गाउँघरमा गोठालोको काम गरेको र अहिले बागमती प्रदेशको मुख्यमन्त्री भएपछि गोठालो कै रुपमा प्रदेशको समृद्धिका लागि काम गरिरहेकोे दाबी गरे ।

प्रदेश सरकारले वास्तविक किसानसम्म सरकारको अनुदान पुर्याउन पुरानो अनुदान प्रकृयालाई रोक लगाई उत्पादनका आधारमा अनुदान दिने प्रकृया सुरु गरेको उनले उल्लेख गरे ।

उनले प्रदेश संरचना बनेको तीन वर्षमा महत्वपूर्ण काम गरेको भन्दै सरकारलाई तीन वर्षको बच्चासंग तुलना गरे । उनले भने ‘तीन वर्षको बच्चाले कति काम गर्छ ? प्रदेश संरचना बनेको तिन वर्ष भयो यो समयमा सरकाले महत्वपूर्ण कामहरु गरेको छ, समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा रहेको सरकारले समृद्ध मुलुक बनाउन थुपै काम गरेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*