अनुषाको नेतृत्वमा नवोदय साहित्यिक बगैँचा बाल क्लब

तु खबर संवाददाता
२०७७ फाल्गुन २१,शुक्रबार १८:१६

मकवानपुर । नवोदय साहित्यिक बगैँचा बाल क्लबको अध्यक्षमा अनुषा उप्रेती चयन भएकी छन् । शुक्रबार भएको क्लबको प्रथम अधिवेशनबाट उप्रेतीको अध्यक्षतमा १३ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

क्लबको उपाध्यक्षमा सेरोन गिरी, सचिवमा दर्शना सापकोटा, सहसचिवमा ज्यास्मिन पौडेल र कोषाध्यक्षमा स्नेहा रिमाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः रोश्नीकुमारी महतो, स्तुति गुरागाई, सासा अधिकारी, अग्रिम लम्साल, अमिर चौधरी, प्रतीक्षा बराल, दिपर्जन खड्का र श्रेया प्रजापति रहेका भएका छन् ।

क्लबकी अध्यक्ष इलिसा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट भएका नवोदय शिशु सदनका प्रिन्स बर्तौला, जीएस निकेतनका उशा किरण अधिकारी र तुलसी मेहर मेमोरियल विद्यालयका प्रमिश रानाभाटलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम र साहित्यकार पुरुषोत्तम आचार्यले निर्वाचन मण्डलको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा साहित्यकार विनिता कार्कीको पनि सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*