विप्लव समूहको हेटौँडामा कोणसभा : संसदीय व्यवस्था खारेजीको माग

तु खबर संवाददाता
२०७७ फाल्गुन २१,शुक्रबार १७:३७

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बागमती प्रदेशको राजधानी हेटौँडामा कोणसभाको आयोजना गरेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानबाट सुरु भएको र्‍यालीबुद्धचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई राष्ट्रिय जनसरोकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष उमेश गुनी, नागरिक सरोकार समिति मकवानपुरका अध्यक्ष एवम् अधिवक्ता केशव गौतम र पार्टीका मकवानपुर इन्चार्ज रामबहादुर घलान (वाटर)ले सम्बोधन गर्ने जनाइएको छ ।

वक्ताहरुले संसदीयक व्यवस्था खारेज हुनुपर्ने माग गरेका थिए ।

मुलुकमा बलात्कार, भष्टाचार र अपराधिक गतिविधि बढिरहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकार जिम्मेवार हुनुपर्ने उनीहरुको भनाई थियो ।

वक्ताहरुले पार्टीले शान्तिपूर्ण राजनीतिबाट जनहितका काम गर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*