हेटौँडा औद्योगिक क्षेत्रको एक फ्याक्ट्रीमा आगलागी

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको वियर फ्याक्ट्रीमा आगलागी भएको छ ।
उक्त क्षेत्रको एक वियर फ्याक्ट्री (नाम खुल्न बाँकी ) मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार, आगलागी नियन्त्रणको लागि दुई वटा दमकल आगलागी भएको स्थानतर्फ पठाइएको छ ।
घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ ।