शुक्रबार प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १८:१९
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्ने भएका हुन् ।

सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका ३ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*