संसदले दिएको निर्देशनको अनुगमन प्रभावकारी ढंगले गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १७:३०
file-photo

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी ढंगले गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा गठनको तीन वर्ष पुगेको सन्दर्भमा बिहीबार ‘राष्ट्रियसभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचार’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले संसदले दिएका निर्देशन कार्यान्वयनका लागि संसद आफैंले सक्रियता देखाउनुपर्ने बताए ।

सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा राष्ट्रियसभाले समेत ध्यान दिन आवश्यक रहेको बताए ।

राष्ट्रियसभा विना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने तिमिल्सिनाको भनाइ छ ।

राष्ट्रियसभाको सातौं अधिवेशनसम्म आइपुग्दा २२२ वटा बैठक बसेको र यस अवधिमा ४१ वटा विधेयक दर्ता भएकोमा १६ वटा प्रमाणीकरण भइसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*