सरकार गिराउने षड्यन्त्र सुरु भयोः अर्थमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १७:२४
file-photo

बुटवल । अर्थमन्त्री एवं ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित एक कार्यक्रलाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् ।

‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ उनले भने ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताए ।

अर्थमन्त्री पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको पनि बताए । उनले सबै नेपालीलाई सरकारले निःशुल्क खोप उपलब्ध गराउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*