थप १०७ जनामा कोरोना पुष्टि, ७८ जना डिस्चार्ज

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १६:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको छ । तीमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण भएसँगै नेपालमा २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५७ जना क्वारेन्टाइनमा छन्।

नेपालमा हालसम्म कूल कोरोना संक्रमितमध्ये २ लाख ७० हजार ६ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २द्ध घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*