नेपाली जनताका दुःख र कष्टका दिन गए: प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १५:३७
फाइल तस्बिर

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुःख र कष्टका दिन गइसकेको बताएका छन् ।

बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख र कष्टका दिन गएको बताएका हुन् ।

‘अब हिजोको जस्तो नेपाली जनताका दुःख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भने ।

उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड–१९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए । ‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*