फेरि घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १५:०६
file-photo

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार ८७ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज आज प्रतितोला ८६ हजार ५० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै बुधबार रु एक हजार ३ सय १५ मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*