विप्लव समूहले हिंसा छोड्ने

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १४:३८
file photo

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोड्ने भएको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि उक्त समूहले हिंसा छोड्ने भएको हो ।

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ ।

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*