आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार १०:०८

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद बैठक विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले भने यही फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*