ट्रकको ठक्करबाट क्षेत्री र मगरको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन २०,बिहीबार ०९:५८

बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार को १ ख १६८४ नम्वरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ०१६७ नम्वरको कार र प्र १–०१–०१३ प १७८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन्। उनीहरुको घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*