सुदुरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । बैठक प्रदेशसभामा सूचना टाँस गर्दै स्थगित भएको जनाइएको हो ।
प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो ।
सुदुरपश्चिम प्रदेशसभाको बैठक यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरी स्थगित गरिएको थियो ।