थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमण निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ९८. ६ प्रतिशत पुगेको छ ।