प्रधानमन्त्री पद मागेको छैन, आयो भने स्वीकार गरिन्छ– देउवा

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार १७:०३
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको तर, प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*