विभिन्न मुद्दामा फरार हेटौंडामा तीन जना पक्राउ

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार १६:४४

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीय आदर्श पुडासैनी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४८ वर्षीय विनोद बानिया र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ४९ वर्षीय दिलबहादुर कोईराला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दामा एक हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका आदर्श पुडासैनीलाई प्रहरीले हेटौंडा–३ स्थितबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जरिवाना भुक्तानको लागि  जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्ला अदालत धादिङको मिति २०६१ साल जेठ १८ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ११ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार प्रतिवादी विनोद बानियालाई आज बुधबार हेटौंडा–११ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि  जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्ला अदालत पर्साको मिति २०६४ साल साउन २१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका दिलबहादुर कोईरालालाई आज बुधबार हेटौंडा–१६ स्थितबाट पक्राउ गरी जरिवाना भुक्तानको लागि  जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भईरहेको जिलला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*