पानीको मुहानमा डुबेर मकवानपुरका वाइबाको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार १६:०७
file photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–९ सिमातफेदीमा खानेपानीको मुहानमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–९ बस्ने ३४ वर्षीय बद्रीलाल वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई घरबाट २ किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक वाइवा पहिलादेखि नै छारे रोगको बिरामी रहेको थिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*