प्रचण्ड–माधव पक्षद्वारा ओली पक्षमा सक्रिय ७ नेतालाई पार्टीबाट निलम्बन

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार १४:३५
file-photo

काठमाडौं । प्रचण्ड माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ओली पक्षमा सक्रिय ६ जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।

उक्त पक्षले ओली पक्षका नेताहरु क्रमशः महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

त्यस्तै, बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।

उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड–माधव पक्षको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*