बागमती प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति प्रदान गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले छोरी–बुहारीलाई उच्च शिक्षाप्रति आकर्षित गर्न छोरी–बुहारी उच्चशिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ। प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्ष–प्रथम सेमेष्टरमा अध्ययनरत् छोरी–बुहारीलाई प्रदेश सरकारले चालु आर्थिक वर्षमा छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
गत आवमा ४ सय ४ छोरी–बहारीलाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयअन्तर्गत् शिक्षा विकास निर्देशनालयले चालु आवमा छात्रवृत्ति दिने संख्या वृद्धि गरेर ५ सय जना पुर्याएको छ । गत आवमा सुरुमा ४ सय छोरी–बुहारीलार्इ छात्रवृत्ति प्रदान गर्ने गरी कार्यक्रम तय गरिएको थियो।
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईटेलले बागमती प्रदेशभित्र स्थायी बसोबास भएका वा विवाह गरी प्रदेशभित्र आएर सामुदायिक व्याम्पसमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको जानकारी दिए।