मकवानपुरमा अन्तराष्ट्रिय महिला दिवस मनाइने

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार ०९:४४

मकवानपुर । मकवानपुरमा फागुन २४ गते अर्थात मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवसको सम्पूर्ण तयारी पूरा भएको छ। दिवस मनाउने सन्दर्भमा हेटौंडामा बसेको पूर्वतयारी बैठकले विभिन्न कार्यक्रम गरेर भव्यरुपमा दिवस मनाउने निर्णय गरेको जनाइएको छ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा बसेको बैठकमा दिवसका सन्दर्भमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले तय गरेका कार्यक्रमबारे जानकारी दिनका साथै विभिन्न जिम्मेवारीसमेत प्रदान गरेको छ। यसअघिको बैठकले महिला दिवस मनाउने सन्दर्भमा जिसस उपप्रमुख भगवती पुडासैनीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिसकिएको छ।

दिवसको अवसरमा हेटौंडा उपमाहानगरपालिकाले नगरस्तरीय महिला जागरण समूह घोषणा गर्ने तथा श्रमिक महिला सम्मान कार्यक्रम, बकैया गाउँपालिकाले लोकदोहोरी प्रतियोगिता, आँचल साहित्यले फागुन २२ गते संस्थाको वार्षिकोत्सव कार्यक्रम, सष्टा सम्मान एवम् कविगोष्ठी, महिला सञ्जालले ५० विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग तथा अन्य कार्यक्रम, सिर्जनशील नेपाललले २७ बालक्लबलाई खेलकुद सामगो र वडास्तरीय अन्तक्रिया, सिर्जना मञ्जुश्री असहाय केन्द्रले सडकनाटक प्रदर्शन गर्ने निर्णय भइसकेको छ।

बैठकबाट बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी २३ गते अन्तक्रिया, २३ गते न र २४ गते सुष्मिताचोक र बद्धचोकमा सञ्जालको व्यवस्थापनमा सडकनाटक र गीतिनाटक, अन्तक्रिया तथा मुल आयोजक समितिले मुख्य दिन फागुन २४ गते विहान ७ः३० बजे भटनदेवी माविको खेलमैदानबाट बुद्धचोकसम्म यालीसहित कोणसभा गर्ने निर्णय भएको छ।

बैठकले महिला दिवस मनाउने सन्दर्भमा हेटौंडा उपमहानगरपालिकालाई उपसंयोजक राख्ने निर्णय गरेको छ । बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*