जिपको ठक्करबाट दाहालको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल रहेकी छन् ।
आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी उनलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।