आज सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउँदै

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार ०९:०९
file-photo

काठमाडौं । आज सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाइँदैछ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

त्यस्तै, आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भने २० गते बिहीबार खोप लगाउने तय भएको छ ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*