विप्लव समूहले पनि बनायो प्रकाण्डको नेतृत्वमा वार्ता टोली

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार १५:३३
file-photo

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि टोली बनाएको छ । विप्लव समुहले वार्ताको लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा टोली बनाएको हो ।

सरकारले उक्त समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् ।

सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

समूह हिंसात्मक गतिविधिमा संलग्न भएको सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*