मेयर कप फुटबलको आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार १०:०७
file-photo

मकवानपुर । हेटौंडामा संचालन भइरहेको मेयर कप फुटबल प्रतियोगिताअन्तरगत आज मंगलबार दुई खेल हुने भएको छ । हेटौंडाको हुप्राचौर खेलमैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताका आज समुह डि को वडा नं १४ ले ६ संग प्रतिस्पर्धा गर्नेछ भने समुह ए को वडा नं. ९ ले १३ संग प्रतिस्पर्धा गर्नेछ ।

नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।प्रतियागिताको फाइनल खेल फागुन २४ हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*