दुर्घटनामा मकवानपुरका न्यौपानेसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार ०९:१७

काठमाडौं । पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति ना ६ ख ३०११ र ना ७ ख ७०२३ नम्बरको दुई वटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

मृत्यु हुनेहरुमा ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रक चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपाने रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै चालकको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै। सोही दुर्घटनामा परी दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेहरुमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई–६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का रहेका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*