थाहानगरद्वारा कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई एक लाख

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार ०९:०४
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत रकम वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमअनुसार, कोरोनाका कारण ज्यान गुमाएका प्रतिपरिवारलाई एक लाख रुपैयाँको दरले राहत रकम वितरण गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार, थाहा नगरमा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा थाहानगरपालिका –२ का ७७ वर्षीय पुरष, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय पुरुष, थाहा–६ का ७६ वर्षीय पुरुष र थाहा–१० का ४८ वर्षीय पुरुष रहेका छन् ।

ज्यान गुमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*