मोटरसाइकलको ठक्करबाट आचार्यको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार ०८:५१
file photo

दाङ । दाङको घोराहीमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ नवरपुरकी १५ वर्षीया अम्बिका आचार्य रहेका छन् ।

सोमबार विद्यालयबाट घर फर्कंदै गरेकी उनलाई रा ४ प ४७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*