पछिल्लो २४ घण्टामा ७३ कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७७ फाल्गुन १७,सोमबार १६:५०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरस (काभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको छ । तीमध्ये हाल ९ सय ६८ जना सक्रिय संक्रमित छन्।

यसैगरी पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको मूल संख्या २ हजार ७ सय ७७ पुगेको छ । हाल ६१ जना क्वारेन्टाइनमा छन्।

त्यस्तै, मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणको आशंकामा हालसम्म २१ लाख ६५ हजार ९ सय ८५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*