हेटौंडामा साँढे २ लाख डोज खोप भण्डारण

तु खबर संवाददाता
२०७७ फाल्गुन १७,सोमबार ०९:२९
file-photo

मकवानपुर । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशको हेटौंडास्थित कार्यालयमा साँढे २ लाख जनालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप भण्डारण गरेर राखिएको छ ।

केन्द्र सरकारले बागमती प्रदेशको मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश नं. २ को ६ जिल्लाको लागि पठाइएको खोप हेटौंडामा आइपुगेको हो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले यही फागुन २३ गतेबाट ५५ वर्षभन्दा माथि उमेर समूहका खोप दिनको लागि तयारी भइरहेको जानकारी दिए ।

प्रमुख अधिकारीले अन्य जिल्लामा खोप नपठाउन्जेल कार्यालय परिसरमै कोरोनाविरुद्धको खोप सुरक्षित भण्डारण गरेर राखिएको जानकारी दिए ।

मकवानपुर जिल्लामा मात्रै ५५ वर्ष नाघेका ५७ हजार नागरिकले खोप लगाउने भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । उनका अनुसार, ती नागरिकहरुलाई कोरोनाविरुद्धको खोप हेटौंडा अस्पतालबाटै दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*