कोरोना संक्रमण्बाट विदेशमा थप तीन नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १६,आईतवार १८:०६
File Photo

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एक जना गरी तीन जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*