प्रदेशमा दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गरिने–मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७७ फाल्गुन १६,आईतवार १६:११
फाइल तस्बिर

मकवानपुर । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपचार सेवामा स्तरोन्नती र गुणस्तरीय सेवा प्रदान गर्न दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गर्दै लैजाने प्रदेश सरकारको नीति रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडलेले आइतबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले मुटु रोगीका बिरामीलाई तत्काल उपचार सेवा पुर्याउन काठमाडौंस्थित सहिद गंगाल अस्पतालमा प्रदेशको १३ वटै जिल्लाबाट बिरामीलाई एम्बुलेन्समार्फत पुर्याउने र तत्काल उपचार गर्ने विषयमा प्रदेश सरकारले सम्झौता गरिसकेको पनि उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेशको विभिन्न जिल्ला अस्पतालमा एम्बुलेन्स नभएका अस्पताललाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्र स्रोतसाधन परिचालन गरी एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । साथै उनले अस्पतालहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अनुगमन भइरहेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*