न्यौपाने युवाको भेला हेटौंडामा सम्पन्न

तु खबर संवाददाता
२०७७ फाल्गुन १६,आईतवार ०८:४४

मकवानपुर । मकवानपुर जिल्लामा बसोबास गरेका तथा कर्मथलो बनाएका न्यौपाने युवा समाजको भेला हेटौंडमा भएको छ । भेला शनिबार हेटौंडामा समाजका अध्यक्ष बासु न्यौपानेको अध्यक्षतामा भएको हो ।

भेलाले समाजलाई बिधिबतरुपमा दर्ता प्रक्रियामा गरेर सामाजिक कार्य गर्ने निर्णय भएको थियो । न्यौपाने बन्धुहरुको सिप दक्षता र योग्यताको आधारमा पहिलो प्राथमिकतामा राखेर आपसी सहयोग र बन्धुत्वको भावना राख्ने निर्णय भएको कोषाध्यक्ष सरोज न्यौपानले जानकारी दिए ।

भेलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, मउवा संघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने, फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका अध्यक्ष रामप्रसाद न्यौपाने, क्रसर ब्यवसायी महासंघका केन्द्रीय सदस्य शंकर न्यौपाने र हेउमनपा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेलगायको उपस्थिति रहेको थियो ।

भेलाले मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा तीन न्यौपाने बन्धुहरुमध्ये एक जनालाई समर्थन गरेर निर्वाचनमा सघाउने निर्णय भएको सचिव सुन्दर न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*