आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार ८०० रुपैयामा कारोवार भइरहेको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ३०० रुपैयामा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भइरहेको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० रुपैयामा कारोवार भएको थियो ।
महासंघका अनुसार, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला २० ले घटेको छ । भाउ घटेसँगै आज चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअसघ बिहिबार चाँदी प्रतितोला एक हजार ३५५ रुपैयामामा कारोबार भएको थियो ।