कांग्रेसका महामन्त्री कोइराला हेटौंडामा आउँदै

मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला हेटौंडा आउने भएका छन् । महामन्त्री कोइरला शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सबको अवसरमा हेटौंडा आउने भएका हुन् ।
रेडियो मकवानपुरको बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम समापन तथा रेडियो संचालक संस्था दिव्यतारा बहुउद्देश्यीक सहकारीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम यसअघि माघ २३ गते प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको आमहड्तालले स्थगित भएको थियो ।
उक्त कार्यक्रम भोलि शनिबार हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने भएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी जानकारी दिए ।