सरकारले सच्चायो कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांक

तु खबर संवाददाता
२०७७ फाल्गुन १२,बुधबार १८:०१

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । कोभिड–१९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६ सय १९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७३ हजार ७ सय ६० जना पुगेको छ । तीमध्ये २ लाख ७० हजार १ सय ३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*