राजा–महाराजाको शैलीमा बस्नेहरुले सोच्नुपर्ने दिन आयो– छिन्तु

तु खबर संवाददाता
२०७७ फाल्गुन १२,बुधबार १७:३४
file-photo

मकवानपुर । बागमती प्रदेशसभाका सदस्य तथा प्रचण्ड–माधव पक्ष नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी (छिन्तु) ले राजा–महाराजाको पदमा बस्नेहरुले अब सोच्नुपर्ने दिन आएको बताएका छन् ।

प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनता सचेत भइसकेकोले अब राजा–महाराजाको शैलीमा पदमा बस्नेहरुले सोच्नुपर्ने दिन आएको बताएका हुन् ।

उनले आफ्नो पार्टी निर्वाचनबाट नभागी संविधान र गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सडकमा आएको बताए ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै पुलामीले भने ‘श्री ६ को सरकारको महाराज प्रतिगामी कदमसहित आएको थियो , आज सवोच्च अदालतको सम्मानित न्यायाधिस ज्यूहरुले सत्यको पक्षमा फैसला गर्नुभयो, यो आम नागरिकको जित हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*