पदको लोभमा लागेको हुनाले आज यो अवस्था आएको हो– मुनु सिग्देल

तु खबर संवाददाता
२०७७ फाल्गुन १२,बुधबार १७:१९
file-photo

मकवानपुर । बागमती प्रदेशसभाका सदस्य तथा प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याएको बताएकी छन् । बुधबार प्रचण्ड–माध पक्षव नेकपा मकवानपुरद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

उनले मकवानपुरको विकास विरोधिहरु आज आफ्नो नेतृत्व गलत बाटोमा लाग्दासमेत पदको लोभमा लागेको हुनाले आज यो अवस्था आएको बताइन् ।

उनले प्रतिगमन परास्त भएको र जनताको जित भएको ठहर गरिन् । उनल भनिन्, ‘हेटौंडाको सडक साघुँरो हुनुमा यस्तै साँघुरा सोच भएका व्यक्तिहरुको नेतृत्व तहमा हावी हुनाले हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*