संविधानमाथि हस्तक्षेप गर्ने नेतृत्वलाई सर्वोच्च अदालतले गलत सावित गरेको छः कुमारी मोक्तान

तु खबर संवाददाता
२०७७ फाल्गुन १२,बुधबार १६:३६
file-photo

मकवानपुर । प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य कुमारी मोक्तानले जनताले दिएको म्यान्डेट अनुसार काम नगरी संविधानमाथि नै हस्तक्षेप गर्ने नेतृतवलाई सर्वोच्च अदालतलले गलत सावित गरेको बताएकी छन् ।

प्रचण्ड–माधव पक्ष नेकपा मकवानपुरकी सह–इन्चार्ज समेत रहेकी मोक्तानले बुधबार हेटौंडामा प्रचण्ड–माधव पक्ष नेकपा मकवानपुरद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

उनले नेपाली जनताले गरेको विश्वास र त्यागलाई बीचमै कुठाराधात गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको नतिजा सर्वोच्च अदालतले दिए जस्तै जनताले पनि आगामी निर्वाचनमा दिने बताइन् ।

उनले प्रधानमन्त्रीले जस्तै अन्य व्यक्तिहरुले पनि संविधानमाथि यसैगरी असंवैधानिक कदम चाले जनताले घिसारेर सडकमा उतार्नेसमेत बताइन् ।

‘यो सबै नेपालीको जित भएको र अझै अर्को लडाई बाँकी नै रहेको भन्दै उनल भने ‘अब निवाचन आयोगले हामीलाई सही विधी र प्रकृयाको आधारमा वैधानिकता दिन्छ र हाम्रो जित हुन्छ,’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*