प्रचण्ड–माधव पक्ष नेकपा मकवानपुरद्वारा हेटौंडामा विजय र्याली (हेर्नुहोस् फोटोफिचर)

तु खबर संवाददाता
२०७७ फाल्गुन १२,बुधबार १६:०६

मकवानपुर । प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आयोजनमा आज हेटौंडामा विजय र्याली निकालेको छ । मंगलबार सर्वोच्च अदालतले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको निर्णय बदर गरेसँगै प्रचण्ड–माधव पक्ष नेकपा मकवानपुरले हेटौंडामा विजय र्याली निकालेका हो ।

प्रचण्ड–माधव पक्ष नेकपाका नेता तथा कार्यकर्ताहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भई एकापसमा खुसी साट्दै विजय र्याली निकालेका हुन् ।

विभिन्न नाराहरु लगाउँदै हेटौंडाको मुख्य–मुख्य चोकहरुको परिक्रमा गर्दै निस्किएको र्याली सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिगमन परासत भएको ठहर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले सच्याएकोमा उनीहरुले खुसी व्यक्त गरेका थिए ।

उनीहरुले ‘सवोच्च अदालत हाईहार्य, केपी ओली बाईबाई’, ‘न्यायालयलाई धन्यबाद’ जस्ता नाराले लगाएका थिए ।

हेर्नुहोस् फोटोफिचर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*