सिराहामा बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार १५:३०

सिराहा । सिराहाको बस्तीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सिराहाबाट धनुषातर्फ आउँदै गरेको बस सिराहाको कर्जन्हा नगरपालिका–४ स्थित बस्तीपुरमा रोकी राखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*