सुरक्षा परिषद्को बैठक सकियो

काठमाडौँ । मंगलवार बसेको सुरक्षा परिषद्को बैठक सकिएको छ । उक्त बैठकमा विप्लव समूहको नेकपामाथि लगाइएको प्रतिबन्ध फकुवा गर्ने विषयमासमेत छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सहभागी थिएनन् ।