गणतन्त्र र संघीयता विदेशीको एजेण्डा हो – कमल थापा

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार १५:००
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विदेशीको एजेण्डा भएको बताउँदै अब जनताले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अब मुलुकमा पूर्व राजादेखि विप्लवसम्म अट्टसक्ने संसदीय व्यवस्था आवश्यक रहेको समेत बताए ।

उनले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारुढ दल, नेपाली कांग्रेस र अन्य दलहरुले सर्वमान्य रुपमा स्वीकार गर्नुपर्ने बताउँदै उनले अब मुलुकमा राजनीतिकको साथै शान्ति, स्थिरता र स्थायित्वको निमित्त मध्यावधी निर्वाचन आवश्यक रहेको स्पष्ट पारे ।

उनले अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट नभएको बताउँदै कांग्रेसले सत्ताको लोभ देखाएमा कांग्रेस पनि जनताको नजरबाट गिर्ने बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौला, राप्रपा मकवानपुरका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने, राप्रपा हेटौँडा नगर अध्यक्ष गुरुपप्रसाद सापकोटा, कार्यकर्ताहरु इन्दिरा डल्लाकोटी, कृष्ण मैनाली, दामोदर वाग्ले ,भबनाथ दुलाल, चन्द्र लामा, किशोर मैनालीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*